काठमाडौं- नेपालमा ५० हजार २०७ जनाले कोरोनाविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म देशभरका खोप केन्द्रहरुबाट ५० हजार २०७ जनाले बुस्टर डोज लगाएका हुन्।
हालसम्म १ करोड २७ लाख ४६ हजार ५८० जनाले पुर्ण मात्रा खोप लगाएका छन् भने १ करोड ६२ लाख ३७९ जनाले पहिलो मात्रा खोप लगाएका छन्। यसैबीच काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको अभाव भएपछि बुस्टर डोज कार्यक्रम स्थगित भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेका हनुसार भेरोसेल खोप मौज्दात कम भएकाले केही दिनका लागि भेरोसेल बुस्टर डोज अभियान बन्द गरिएको हो। तर कोभिसिल्ड खोपको बुस्टर डोज कार्यक्रम भने जारीनै रहनेछ।