काभ्रे- कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवा स्थगित गर्ने भएको छ। शुक्रबार एक सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार भोलि माघ ८ गतेदेखि १४ गतेसम्म कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएका छन्।
सूचनामा भनिएको छ ‘यस कार्यालयका केही कर्मचारीलाई समेत कोरोना संक्रमण पुष्टी भई हाल सुरक्षित रुपमा होम आईशोलेसनमा रहनुभएको र कार्यालयका अन्य कर्मचारीहरुमा समेत कोरोनासँग मिल्ने विभिन्न लक्षणहरु देखापरेको स्थिति समेतलाई मध्यनजर सेवा बन्द गरिएको छ।’
अत्यावश्यक सेवा वाहेकका कार्यालयबाट प्रदान गर्ने अन्य नियमित सेवाहरु नयाँ नागरिकता वितरण प्रतिलिपि नागरिकता वितरण, संघसंस्था तथा हातहतियारसम्बन्धी कार्यहरु, नाबालक परिचय पत्र, राहदानी, राष्ट्रिय परिचय९पत्र कार्य बन्द भएको हो।