काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासिय चिकित्सकहरुको संस्था 'नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन (एनआरडिए)'को निर्वाचन स्थगित भएको छ। निर्वाचन समितिका संयोजक डा सुमन दहालले आज सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएका छन्।
एनआरडिएको १३औं कार्यकारिणी समितिको निर्वाचन भोलि शनिबार हुने भनिएको थियो। तर कोभिड संक्रमण बढ्दै गएका कारण अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।
डा सुमन दहाल संयोजक रहेको समितिमा डा बृज कुमार यादव र डा दीक्षा बोहरा सदस्य छन्।
![](https://swasthyakhabar.com/uploads/editor/2021-11-30/nrda%20election.jpg)