जाजरकोट- स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैसीसहित १५ जना कोभिड सङ्क्रमित भएका छन्। सङ्क्रमित सबै होमआइसोलेशनमा बस्नुभएको र अवस्था सामान्य भएको कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए।
जिल्लाका नलगाड, बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ। पछिल्लो समय कोभिडबाट जोगाउन स्थानीय सरकारले तयारी गरेका छैनन्। राजनीतिक दलहरुले आफ्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्।