काठमाडौं– जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यकबाहेक अन्य सेवा स्थगन गरेको छ। कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण देखिएपछि सूचना जारी गर्दै हाललाई सेवा सेवा बन्द गरिएको कार्यालयले जनाएको छ।
आज (आइतबार) देखि शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली संकलन र नागरिकता प्रमाणपत्रबाहेकको अन्य सेवा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तले बताए। पछिल्लो समय जिल्लामा संक्रमण बढेसँगै पछिल्लो सयम सरकारी कार्यालयमा भीडभाड बढेसँगै सेवामा कटौती गरेको कार्यालयले जनाएको छ।
अत्यावश्यक सेवामा आउँदा सेवाग्राहीले अनिवार्यरूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ। जिप्रकाले कोरोना सङ्क्रमण तथा नियन्त्रणका लागि १९ बुँदे आदेशसमेत जारी गरेको छ।रासस