काठमाडौं- समाज डेण्टल हप्पिटलले पाँचौ शाखा आजबाट सनसीटी पेप्सिकोला सुरु भएको छ। समाज डेण्टलले आज देखी सनसीटी पेप्सिकोलामा सुरु गरेको छ।
कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरी थापाले आज विहान सनसीटी पेप्सिकोला शाखाको औपचारिक सुरुवात गरेका हुन। २२ वर्ष अघि नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलले यस अघि चार वटा शाखाबाट सेवा दिइरहेको छ। नयाँ शाखा उद्घाटनको अवसरमा समाज डेण्टलले सेवाग्रहीलाइ पचास प्रतिशत छुटको सुविधा पनि उपलव्ध गराएको समाज डेण्टलका प्रवन्ध निर्देशक शंकु घिमिरेले जानकारी दिए।
कोरोना महामारी बढेकाले भिडभाड नगरि सनसीटी पेप्सिकोला शाखाको सुरुवात भएको थियो। माघ महिनाभरि दात तथा मुखको उपचारमा छुटको सुविधा कायमै रहने समाज डेण्टलका प्रवन्धक सविन घिमिरेले जानकारी दिए।
नयाँ बानेश्वर, जाउलाखेल, वीपी स्मृति अस्पताल बसुन्धारा र राधेराधे भत्तपुरबाट यस अघि सेवा दिइरहेको समाज डेण्टलले आज देखि सनसीटी पेप्सिकोला सेवा सुरु गरेको हो। २२ वर्षमा करिव ५ सेवाग्रहीलाइ सेवा दिइसकेको समाजले पेप्सिकोला क्षेत्रमा गुणस्तरिय दन्त सेवा दिन शाखाको सुरुवात गरेको समाज डेण्टलले जनाएको छ।