काठमाडौं– भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ३३ हजार ५३३ जनामा कोरोना संक्रमण देखिएको छ। १८ लाख ७५ हजार ५३३ जनाको कोरोना परीक्षण गर्दा ३ लाख ३३ हजार ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको परिवार कल्याण मन्त्रालयले जनाएको छ।
भारतमा पछिल्लो दुईदिनदेखि कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ। शुक्रबार संक्रमितको संख्या ३ लाख ४७ हजार तथा शनिबार ३ लाख ३७ हजार ७०४ रहेको थियो।
यस्तै, पछिल्लो २४ घन्टामा २ लाख ५९ हजार १६८ जना कोरोना संक्रमणबाट मुक्त भउको छन्। पछिल्लो २४ घण्टामा ५२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।