काठमाडौं- सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छन्।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (नेत्रविक्रम चन्द्र र मोहन वैद्य) अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियन (नेकपा) ले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।
चिकित्सा अध्ययन गर्न ३० देखि ४० लाख लाग्नेमा कलेजले अनिवार्य होस्टलमा बस्नुपर्ने लगायतका बाध्यकारी नियम बनाएको आरोप विद्यार्थीहरूको छ। सञ्चालक सुनील शर्माले आफूहरूका माग पूरा गर्न कुनै चासो नदिएको विद्यार्थीहरूको आरोप छ। यद्यपि कलेज संचालक सुनिल शर्माले अतिरिक्त शुल्क लिने अडान छाडेका छैनन्।
संयुक्त विद्यार्थी संगठनको विज्ञप्ति