काठमाडौं- नेपाल जनस्वास्थ्य विद्यार्थी संघले कोरोना महामारीको समयमा सिटामोल कृत्रिम अभाव बन्द गर्न माग गरेको छ। महामारीको समयमा सिटामोलजस्तो अति संवेदनशील विषयको कृत्रिम अभाव कायम गर्नु दुःखद् भएको संघले जनाएको छ।
‘स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले बजारमा सिटामोलको अभाव नभएको जिकिर गरिरहेको छ। हामी प्रश्न गर्न चाहन्छौं, सिटामोलको अभाव कुन बजारमा छैन?’ विज्ञप्तिमा भनिएको छ।
सरकारी निर्देशनको पालना नगर्ने अस्पताललाई कारबाही गर्न संघको माग छ। ‘स्वास्थ्य मन्त्रालय र औषधी व्यवस्था विभागले बजारमा सिटामोल अभाव छैन भनिरहँदा नेपाल जनस्वास्थ्य विद्यार्थी संघ प्रश्न गर्छ कि कुन बजारमा सिटामोलको अभाव छैन रु मन्त्रालयले एउटा कोठाबाट कोठे जवाफ दिने कि वास्तविकता बोल्ने?,' जारी विज्ञप्तिमा भनिएको छ।
हेर्नुहोस विज्ञप्ति: