काठमाडौं– नेकपा एमालेले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ।
केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन्।
कोरोना संक्रमण भएपछि ओली चार दिनदेखि भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आइसोलेट छन्। एमालेले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद समेत दिएको छ।