काठमाडौं- पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै थप आठ जनाको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ।