काठमाडौं- मधेश प्रदेश सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश बनको छ।
बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको छ। त्यसपछि बागमती प्रदेश सबैभन्दा धेरै जनसंख्या रहने प्रदेश बनेको छ।
तथ्यांकअनुसार बागमती प्रदेशको जनसंख्या ६० लाख ८४ हजार ४२ पुगेको छ। यसअघि २०६८ सालमा गरिएको जनगणनामा वाग्मतीको जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ थियो।
त्यस्तै सबैभन्दा कम जनसंख्या हुनेमा कर्णाली प्रदेश परेको छ। कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको विभागले जनाएको हो। यसअघिको जनगणनामा कर्णालीको जनसंख्या १५ लाख ७० हजार ४ सय १८ थियो।
*सच्याइएको: यसअघि अन्यथा पर्न गएकोले सच्याइएको छ।