काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।
भट्टराईले ट्विट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। भट्टराईलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो। भट्टराइले आफूलाई कोरोना संक्रमण परीक्षण रिपोर्ट पोजिटिभ आएको भन्दै लक्षण भने सामान्य नै रहेको बताएका छन्।