काठमाडौ- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री बडुको सचिवालयले जानकारी दिएको छ।
उनले बुधबार पिसिआर परीक्षण गरेका थिए। संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन्।