काठमाडौंँ- काठमाडौंको शंखरापुर नगरपालिकामा निस्सासिएर श्रीमान श्रीमतीको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शंखरापुर नगरपालिका(३ मा गएराति निस्सासिएर दम्पतीको मृत्यु भएको हो।
५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमारी थिङकोको मृत्यु भएको हो। उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।
घटनाबारे अनुसन्धान गर्न महानगरीय प्रहरी प्रभाग साँखु र महानगरीय प्रहरी वृत्त बौद्धको टोली पुगेको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।