काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
कोरोना भाइरसबाट १५ जनाको मृत्यु भएको छ। १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको छ।पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन्। हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन्।