काठमाडौं- चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको गाडीमा अज्ञात समूहले आक्रमण गरेको छ।
बिहीबार बिहान ११ बजे निवासबाट कार्यालय जाँदै गर्दा काँडाघारीमा अज्ञात समूहले ढुंगा प्रहार गरी आक्रमण गरेको आयोगले जनाएको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले घटनाको भत्सना गर्दै घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ।
'चिकित्सा ऐन तथा नियमावलीको प्रावधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ। साथै उक्त कार्यमा संलग्न व्यक्तिरसमूहको पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न आयोग नेपाल सरकार समक्ष अनुरोध गर्दछ।’ आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
आक्रमणबाट गाडीको पछाडिको भागको सीसा फुटेको छ।
