काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले खोप अभियानमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। खोप अभियान शुरु भएको एक वर्ष पुरा भएकाे अवसरमा एक विज्ञप्ति जारी गर्दै मन्त्री खतिवडाले खोप व्यवस्थापन तथा समन्वयमा खटिने स्वास्थ्यकर्मीहरु तथा कमंचारीहरूसहित संलग्न सैलाई धन्यवाद ज्ञापन गरेका हुन्।
'खोप तथा खोपजन्य सामाग्रीको विश्वव्यापी चुनौतीकाबिच खोप अभियानलाई सुचारु गर्न केन्द्र, प्रदेश, स्थानीय तहहरुको सहयोग र सहजीकरण गर्नु हुने सम्पूर्ण राप्ट्रिय, अन्तर्राष्ट्रिय संघ, संस्था, निकायहरू, जनप्रतर्तानधिहरू, खोप व्यवस्थापन तथा समन्वयमा खटिने स्वास्थ्यकर्मीहरु तथा कमंचारीहरू, आमसन्तार माध्यमहरू, आमसर्वसाधारणहरु सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु।' मन्त्री खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपाल सरकारले एक वर्ष अगाड़ि आजकै दिनवाट पहिलो पटक अग्रपक्तिमा रहेर काम गर्नेहरूका लागि काेभिड १९ विरुद्धको खोप अभियान शुभारम्भ गरेकां थियो। एक वर्षमा नेपालमा कोभिसिल्ड, अस्ट्राजेनेका, भेराेसेल, जाेन्सन एण्ड जाेन्सन, माेडर्ना, फाइजर खोपहरू प्रयोगमा आएका छन्।
अठार वर्षमाविको लक्षित जनसंख्याको सत्तरी प्रतिशत जनसंख्याले पूर्णमात्रा र त्रियासी प्रतिशतले कमसेकम एक मात्रा खोप लगाइसकेका छन्।
