काठमाडौं- कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) की वरिष्ठ अस्पताल नर्सिङ प्रशासक डा रिना श्रेष्ठविरुद्ध प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी परेको छ।
अस्पतालकी नर्सिङ प्रशासक श्रेष्ठमाथि अनियमितता गरेको, सरकारी बिदा नलिई अध्यान गरेको, कार्यलय समयमै निजी कलेजमा पढाउन जाने गरेको, वीर अस्पतालबाटै कार्यलय समयमा विभिन्न निजी नर्सिङ कलेजमा अनलाइन पढाउने गरेको, करार नर्सको म्याद थप सिफारिस गर्दा पैसा माग्ने गरेको, प्रयोगात्मक अभ्यासका लागि वीरमा आउने निजी कलेजबाट समेत आर्थिक कारोबार गर्ने लगायतका आरोप लगाउँदै उजुरी हालिएको हो।
वीर अस्पतालकै नर्सिङ कर्मचारी र अस्पताल सुधार पक्षधर कर्मचारीका नाममा श्रेष्ठविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायमा उजुरी हालिएको छ। १९ बुँदे उजरीमा उनको अनियमितता छानबिन देखि शैक्षिक प्रमाणपत्र र सम्पत्ति छानबिन गर्न समेत माग गरिएको छ।