काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले विशेषज्ञ नर्सको नाम दर्ताका लागि फागुन १ गतेबाट आवेदन लिने भएको छ। काउन्सिलले फागुन १ देखि चैत मसान्तसम्म अनलाइन फर्म भर्न सूचना निकालेको छ।
काउन्सिलले सक्कल कागजपत्रलाई स्पष्ट बुझिने गरी स्क्यान गरी अनलाइन अपलोड गर्न भनेको छ। विशेषज्ञ नाम दर्ताका लागि ८ वटा कागजपत्र आवश्यक रहेको जनाएको छ।
यी हुन् आवश्यक पर्ने ८ कागजात
नेपाली नागरिकता दुवै तर्फको
नर्सिङ परिषदको नवीकरण अद्यावधिक भएको प्रमाणपत्र दुवै तर्फको
स्नातक तह उत्तीर्ण गरेको ट्रान्सक्रिप्ट वा मार्कसिट
स्नातक तह उत्तीर्ण गरेको चारित्रिक प्रमाणपत्र
स्नातकोत्तर तह उत्तीर्ण गरेको ट्रान्सक्रिप्ट वा मार्कसिट
स्नातकोत्तर तह उत्तीर्ण गरेको चारित्रिक प्रमाणपत्र
हालसाल खिचिएको सेतो पृष्ठभूमि भएको रंगिन पासपोर्ट साइजको फोटो
राष्ट्रिय वाणिज्य बैंक महाराजगञ्जको चल्ती खाता हिसाब नं ११५०००२२२१०१ मा रु ३००० को बैंक भौचरको स्क्यान कपी।
