काठमाडौं– आफैंले किट किनेर कोरोना परीक्षण गर्नेहरुलाई पोजिटिभ रिपोर्ट आएमा उक्त विषयको जानकारी सरकारलाई गराउन आग्रह गरिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरु प्रयोग गरी परीक्षण गरिने रिपोर्टबारे जानकारी दिन अपिल गरेको हो।
प्रयोगशाला बाहिर गरीएका परीक्षणको नतिजाको जानकारी प्राप्त नभएको र जसले गर्दा महामारी व्यवस्थापनका लागि संक्रमितको एकिन तथ्यांक प्राप्त हुन नसकेको महाशाखाले जनाएको छ।
महाशाखाले सरकारले उपलब्ध गराएको इमेल [email protected] तथा कल सेन्टरको नि:शुल्क नम्बर १११५ मा एसएमएस गर्न भनेको छ।