काठमाडौं– कान्ति बाल अस्पतालमा पेडियाट्रिक सर्जरीमा एमसीएचको कार्यक्रम सुरु भएको छ।
अस्पतालका निर्देशक डा अजित रायमाझीले आइतबारदेखि अस्पतालमा पेडियाट्रिक सर्जरीको एमसीएच कार्यक्रम सुरु भएको जानकारी दिए।
चिकित्सा शिक्षा आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई एमसीएच तर्फ पेडियाट्रिक सर्जरीमा एक सीट उपलव्ध गराए पछि कान्तिमा सो कार्यक्रम सुरु भएको डा रायमाझीले बताए।
आयोगले न्याम्सलाई उपलब्ध गराएको एमसीएच तर्फ पेडियाट्रिक सर्जरीको एक सिट अध्ययन कान्ति अस्पतालमा गर्न लागिएको हो।
पेडियाट्रिक सर्जरीमा एमसीएच गर्न डा सुयोग सिंखडा खुल्ला तर्फबाट छनोट भएका छन्। अध्ययनका लागि आइतबार कान्ति पुगेका सिंखडालाई अस्पतालले स्वागत गरेको थियो।
पेडियाट्रिक सर्जरीमा एमसीएच कार्यक्रम सुरु हुन लागेको नेपालमै पहिलो पटक भएको डा रायमाझीको भनाइ छ।
नेपालमा २७ जना पेडियाट्रिक सर्जन नेपाल मेडिकल काउन्सिलमा दर्ता छन्।