काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोना संक्रमित डिस्चार्ज (निको) भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ परीक्षण हुँदा ३ हजार ५४० जना संक्रमित थपिएको पनि आइतबार जानकारी दिएको छ।
९ हजार ९१० पीसीआर परीक्षण गर्दा ३ हजार ४९ मा संक्रमण पुष्टि भएको र ३ हजार २३५ मा एन्टिजेन परीक्षण हुँदा ४९१ मा पोजिटिभ देखिएको छ। देशभर संक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ।