काठमाडौं- देउराली जनता फर्मास्युटिकल्स (डिजेपिएल) ३२ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा डिजेपिएलका कार्यकारी निर्देशक हरिभक्त शर्माले तीन दशकभन्दा बढी समयदेखि गुणस्तरीय औषधि उत्पादन गरि नेपाली जनतालाई उपलब्ध गराउन पाएकोमा गौरव लागेको बताए।
'विगत तीन दशकभन्दा बढी समयदेखि अनेकौं कठिनाईका बावजुद निरन्तर रुपमा उच्च गुणस्तरीय औषधि उत्पादन गरि नेपाली जनतालाई उपलब्ध गराउन सकेकोमा गौरवान्वित छौं,' उनले भने।
उनले उच्च गुणस्तरीय औषधि उत्पादन गरी देश र जनताको स्वास्थ्यस्तर माथि उठाउन सदैव प्रतिवद्ध रहेको पनि बताए।
औषधि आयातमा रहेको परनिर्भरतालाई कम गर्दै औषधि उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउने तर्फ डिजेपिएल सँधै प्रयत्नशील रहेको छ।
अत्यावश्यक औषधि लगायत क्याप्सुल, ट्याबलेट, लिक्विड लगायत ३ सय भन्दा बढी प्रकारका औषधिहरु अनुसन्धान, उत्पादन गर्ने काम भइरहेको कम्पनीले जनाएको छ।