काठमाडौं- नेपाल नर्सिङ परिषदले स्नातकोत्तर गरिसकेका दर्तावाला नर्सहरूकाे फागुन १ देखि चैत मसान्तसम्म अनलाइन फाराम खुलाउने भएको छ। परिषद्ले आज सूचना जारी गर्दै आउँदो फागुन १ देखि चैत्र मसान्तसम्म विशेषज्ञ नर्सहरुको नाम दर्ता गर्ने जनाएकाे छ।
'२०७८ पौष मसान्त सम्ममा नर्सिडका विभिन्न विधाहरूमा स्नातकोत्तर गरिसकेका सम्पूर्ण दत्तावाला नर्सहरूले यस परिषदमा विशेषज्ञ दर्ता गराउन यही मिति २०७८ साल फागुन १ गतेदेखि मिति २०७८ं साल चैत्र मसान्तभित्र आवश्यक प्रमाणपत्रहरूको स्क्यान कपिसहित अनलाइन दर्ता फर्म भर्नका लागि यही सूचनाद्वारा सम्बन्धित सबैलाई जानकारी गरइन्छ।' परिषदले जारी गरेको सुचनामा भनिएको छ।
फर्म भर्न नेपाली नागीरिकता, नर्सिङ परिषद्को नवीकरण गरेको चारित्रिक प्रमाणपत्र,स्नातकोत्तर उत्तीर्ण गरेको चारित्रिक प्रमाणपत्र लगाएतका कागजात चाहिने परिषदले जनाएकाे छ।
हेर्नुहोस सुचना: