काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११औं तहका चिकित्सा डा तारानाथ पोखरेलले अवकाश पाएका छन्। उमेरका आधारमा उनले आजबाट सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका हुन्।
डा पोखरेल मन्त्रालयको महत्वपूर्ण महाशाखा रुपमा रहेको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुखका रुपमा कार्यरत थिए। कोरोना संक्रमण देखिएका कारण उनी केही दिनदेखि मन्त्रालय आएका थिएनन्। अवकाशको दिन पनि उनी होम आइसोलेसनमै छन्।
यस्तै दुई साताअघि डा भिमसिंह टिंकरीले पनि अनिवार्य अवकाश पाएका छन्। स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ डा भिमसिंह टिंकरीले माघ २ गते अवकाश पाएका हुन्। उनले अवकाश पाएसँगै मन्त्रालयमा १२ औं तहका विशेषज्ञ ३ जना मात्र बाँकी रहेका छन्। स्वास्थ्य मन्त्रालयमा १२ औं तहका विशेषज्ञको दरवन्दी ४ जनाको छ।
डा टिंकरी यतिबेला उपचारका लागि भारतमा छन्।