काठमाडौं - नेपाल जनस्वास्थ्य संघ प्रदेश १ को अध्यक्षमा सागर प्रसाई निर्विरोध निर्वाचित भएका छन्। अध्यक्षमा प्रसाई सहित एघार कार्यसमिति पनि निर्विरोध निर्वाचित भएका छन्। प्रसाई सामाजिक विकास मन्त्रालय प्रदेश १ को चिकित्सा सेवा तथा उपचारात्मक महाशाखा प्रमुख हुन्।
संघको उपाध्यक्षमा व्रजेश कुमार मेहता, सचिवमा सूर्यनारायण चौधरी, सहसचिवमा प्रविण यादव, कोषाध्यक्षमा देवेन्द्र भट्टराई, सदस्यहरुमा संगिता अधिकारी, लक्ष्मी शाक्य, कृष्णप्रसाद बजगाई, राजेन्द्र कुईकेल, गजेन्द्रप्रसाद यादव र धिरेन्द्र खड्का निर्वाचित भएका छन्।
उजुरी, दाबी विरोध, फिर्ता गर्ने सम्बन्धमा सहमति जुटेपछि संघको पदाधिकारी निर्विरोध रुपमा निर्वाचन समितिले घोषणा गरेको हो। निर्वाचित पदाधिकारी तथा सदस्यहरुको कार्यकाल दुई वर्षको हुनेछ।