काठमाडौं- वीर अस्पतालका प्रमुख डा भुपेन्द्रकुमार बस्नेतको एघारौं तहमा बढुवा गर्ने निर्णय बदर भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले मंगलबार सूचना निकाल्दै डा बस्नेतको बढुवा बदर भएको जानकारी दिएको हो।
समितिले २५ दिन अघि डा बस्नेतलाई प्रमुख कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट पद ११औं तहमा बढुवाका लागि सिफारिस गरेको थियो। समितिले लोक सेवाले उक्त पदका लागि भएको विज्ञापन त्यसअघि नै रद्द गरिसकेका कारण अहिले बदर गरेको हो।
लोक सेवाले १५ कात्तिकमै उक्त पदको विज्ञापन रद्ध गरिएको र त्यससम्वन्धी जानकारी राष्ट्रिय दैनिक पत्रिका, आयोगको बुलेटिन र आयोगको वेभसाइटमा पनि प्रकाशित भइसकेको भन्दै समितिले २१ पुसको बढुवा सम्बन्धी निर्णय १४ माघमा बसेको समितिको पछिल्लो बैठकले बदर गरेको जनाएको छ।

२५ दिन अघि समितिको सूचना

लोक सेवाको त्यसअघिको सूचना
