तस्बिर: हुमाकान्त पोखरेल/रासस
गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविका लीला थापाले गाउँकै वृद्धा देवकली टन्डनलाई बोकेर खोप केन्द्र लगेकी छिन्। ७९ वर्षीया देवकलीलाई कोरोनाविरुद्धको खोप लगाउन थापाले बोकेर लगेकी हुन्।
हिँडेर खोप केन्द्र जान नसक्ने भएपछि स्वंसेविका थापाले उनलाई घरबाटै बोकेर खोप लगाउन स्वास्थ्यचौकी पुर्याएकी थिइन्।
गाउँमा यातायातको सुविधा नभएका कारण यसरी बोकेर नै लैजानु परेको स्वंयसेविका थापाले जानकारी दिएकी छिन्।
४२ वर्षीय स्वंसेविका थापाले खुट्टामा समस्या भएकी देवकलीलाई खोपबाट बञ्चित गराउन हुँदैन भनेर बोकेर खोप लगाउन ल्याएको बताइन्।
थापा २०७१ सालमा गाउँपालिकाको वडा नं ३ मा स्वास्थ्य स्वयंसेविकाको रुपमा नियुक्त भएकी थिइन्।