काठमाडौं- नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले २४ लाख डोज खोप हराएको भन्दै स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दिने भएको छ।
युवा संघले मंगलबार दिउँसो २ बजे स्वास्थ्यमन्त्री विरोध खतिवडा र संलग्न अन्य व्यक्तिमाथि छानविनको माग गर्दै अख्तियारमा उजुरी दिने तयारी गरेको छ।
युवा संघले खतिवडाले २४ लाख डोज भ्याक्सिन गायब पारेर राज्यकोषको करिब २ अर्ब ४० करोड रकम हिनामिना गरेको आरोप लगाउँदै मुद्दा दर्ता गर्न लागेको जनाएको छ।