काठमाडौं- निर्वाचन आयोगले जेठ ४ मा स्थानीय निर्वाचन गर्न प्रस्ताव गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा जेठ ४ मा चुनाव गर्न प्रस्ताव गरिएको आयोगले बताएको छ। आयोगले आगामी जेठ ४ गते एकै चरणमा स्थानीय निर्वाचन गर्दा कोभिड संक्रमणप्रति सजग रहँदै स्वास्थ्य मापदण्ड लागू गर्नुपर्ने पनि बताएकाे छ। निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँगको भेटमा स्वास्थ्य मापदण्ड लागू गर्ने सम्बन्धि लिखित प्रस्ताव पेस गरेका हुन्।
आयोगले निर्वाचनअघि सबै मतदाताले खोप लगाएको सुनिश्चित गरिनुपर्ने जनाएको छ। आयोगले स्थानीय तह निर्वाचनमा मतदाता, उमेद्वार, उमेद्वारका प्रतिनिधि एवम निर्वाचनमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मी, स्वयंमसेवक र पर्यवेक्षकहरुका लागि स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड लागू गर्न प्रस्ताव गरेको छ।
आयोगले खोप अभियानलाई व्यापक बनाई सबैले खोप लगाएको सुनिश्चित गर्ने, संक्रमित मतदातालाई समेत मतदानको विशेष प्रवन्ध मिलाउने, मास्कको प्रयोग अनिवार्य गर्ने गराउने, मतदान केन्द्रमा साबुन पानीले हात धुने वा सेनिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने जनाएको छ।
यस्तै सबै मतदानस्थलमा मतदानको दिन स्वास्थ्य उपकरणसहित स्वास्थ्यकर्मीको व्यवस्था गर्ने, निश्चित सामाजिक दुरी कायम गर्ने, गराउने, मतदान केन्द्र एवम मतगणना स्थलको निसङ्क्रमणको व्यवस्था गर्ने, निर्वाचन प्रचार प्रसारलाई सञ्चार तथा प्रविधि मैत्री बनाई आमसभा, भेला,जमघट, भिडभाड आदिलाई निरुत्साहित गर्ने, निर्वाचन व्यवस्थापनमा कोभिड नियन्त्रण सम्बन्धि छुट्टै मापदण्ड जारी गरी कार्यान्वयन गर्ने आयोगको प्रस्ताव छ।
निर्वाचन प्रचार प्रसारको व्यवस्थापन तथा आचारसंहिता र स्वास्थ्य मापदण्ड पालनामा निर्वाचन क्षेत्रस्तरीय संयन्त्रको परिचालन गर्ने पनि आयोगले जनाएको छ।
यस्तो छ आयोगले पेस गरेको प्रस्ताव :