नेपालगञ्ज- बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा खजुरा गाउँपालिका २ का ८५ वर्षीय बृद्धको मृत्यु भएको कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ।
कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार भेरी अस्पतालमा गत पुस २३ गते पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ भएपछि स्वास्थ्य अवस्था बिग्रेपछि ती बृद्ध पुरुषलाई २४ गते अस्पतालमा भर्ना गरिएको थियो।