नेपालगञ्ज- बाँकेको भेरी अस्पतालमा १२ घण्टाको अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत दाङ र बाँकेका दुई जना कोरोना संक्रमितक मृत्यु भएको हो।
जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत शान्तिनगर गाउँपालिका–३ का ८० वर्षीय पुरुषको बुधबार राति १स्५० बजे र नेपालगञ्ज उपमहानगरपालिका–८ का ८६ वर्षीय पुरुषको बिहीबार बिहान ९ बजे मृत्यु भएको हो।
माघ १६ गते कोरोना पुष्टि भएका दाङका पुरुषलाई त्यसैदिन भेरी अस्पतालमा भर्ना गरिएको र माघ १३ गते कोभिड पुष्टि भएका बाँके नेपालगञ्जका सङ्क्रमित पुरुषलाई पनि सोही दिन अस्पताल भर्ना गरिएको थियो।
हालसम्म बाँके जिल्लाका ३४८ जनाको कोभिडबाट मृत्यु भएको छ।