काठमाडौं- काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा पानी परेको छ। बिहीबार रातिदेखि पानी पर्दा पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ।
काठमाडौं उपत्यका आसपासका डाँडाहरुमा हिमपात भएको छ। अहिले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका कतिपय स्थानमा वर्षा भइरहेको छ। मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का वर्षा भैरहेको जनाएको छ।
महाशाखाले पश्चिम तराईका केही स्थानहरुमा लागेको हुस्सुर कुहिरो मध्याह्नपछि क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको बताएको छ।
त्यस्तै मध्य र पूर्वी तराइमा हस्सु र कुहिरोको सम्भावना नरहेको जनाइएको छ। बिहानको समयमा देशका पश्चिमी तराई भू(भागका केही स्थानहरूमा हुस्सु लागेको र मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ। साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।
मौसमविद्हरुले आज दिनभर काठमाडौं उपत्यका र देशका धेरै स्थानमा पानी पर्ने र रोकिने क्रम चलिरहने बताएका छन्। केही बेर आकाश खुलेर घाम लागेको भए पनि मध्याह्नपछि भने पानी परिरहेको छ। शनिबार पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने र आइतबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ।