काठमाडौँ- 'बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहारको' भन्ने नाराका साथ विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रमहरू गरी मनाइएको छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शरीरको कोष वा कोषिकाहरूको समूहको अस्वाभाविक वृद्धि नै क्यान्सर रोग हो, जसलाई एक किसिमको गिर्खा वा ट्यूमर पनि भनिन्छ। ट्यूमर घातक र नम्र किसिमका हुने गर्दछन्।
क्यान्सरको कारक तत्वहरूको रूपमा धूमपान, सुर्तीजन्य पदार्थ, अस्वस्थकर खाना, वंशाणुगत कारण, विकिरणको प्रभाव, जीवाणु तथा विशाणुका कारण, वातावरणीय प्रदूषणका कारण हुने गर्दछ।
यस रोग नियन्त्रणका लागि धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने, मद्यपान नगर्ने, सन्तुलित खाना खाने र शारीरिक कसरत तथा व्यायाम गर्नुपर्ने मन्त्रालयले बताएको छ।