काठमाडौं- अल्फा डाइग्नोष्टिक सेन्टरले त्रिभुवन विमानस्थलमा युएई जाने यात्रुको कोभिड-१९ परीक्षण गर्ने अनुमति पाएको छ।
शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अल्फा डाइग्नोटिकलाई युएई जाने यात्रुको मात्र कोभिड-१९ परीक्षण अनुमति दिएको हो। अल्फा केयर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क वर्गको मान्यता प्राप्त ल्याब हो।
यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एनपिएल काठमाडौं प्रालिलाई पनि त्रिवि विमानस्थलबाटै युएई जाने यात्रुको कोभिड १९ परीक्षण गर्ने अनुमति दिएकाे छ।