काठमाडौं - नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसन त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंको अध्यक्षमा डा सुमन आचार्य विजयी भएका छन्।
शनिबार अनलाइनबाट भएको निर्वाचनमा डा आचार्यले ९८ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी डा प्रविण पाठकले ४२ र डा सन्जिव कुमार झाले ३८ मत प्राप्त गरेका थिए।
एशोसिएसनको उपाध्यक्षमा डा कमल भुषाल विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी डा प्रविण चौधरीलाई पराजित गर्दै उनी उपाध्यक्षमा विजयी भएका हुन्। डा भुषालले ९९ मत प्राप्त गर्दा डा चौधरीले ७७ मत ल्याएका थिए।
यस्तै, डा अरुण उप्रेतीले सचिवमा र डा लोकराज कंडेलले सहसचिवमा जित हासिल गरेका छन्। डा उप्रेतीले डा कमल प्रकाश साउद र डा कंडेलले डा कमल पण्डितलाई हराएका हुन्। डा उप्रेतीले ११५, डा साउदले ६२, डा कंडेलले १११ र डा पण्डितले ६६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
कोषाध्यक्ष सहित आठ सदस्य भने निर्विरोध रुपमा निर्वाचित भएका छन्। कोषाध्यक्षमा डा प्रज्वल खतिवडा, सदस्यहरुमा डा कुन्दन मरासिनी, डा विशाल गैरे, डा शरद शर्मा, डा विपना केसी, डा किसन नेपाली, डा कृष्ण कुमार यादव र डा माधव देउजा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ।