काठमाडौं- नेपाल मेडिकल काउन्सिलले माघ २१ र २२ गते शुक्रबार र शनिबार संचालन गरेको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ५५५ जना उत्तिर्ण भएका छन्।
४८ विधाका विशेष परीक्षामा ७२३ जना परीक्षार्थीहरु सहभागी भएकोमा ५५५ जना उत्तिर्ण (७७ प्रतिशत) र १६८ जना उनुत्तिर्ण भएका छन्।
परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले पैंतीस दिन भित्र पूनर्योगका लागि आवेदन गर्न सक्नेछन्। जसको लागि १५०० दस्तुर बुझाई आफ्नो नाम, रोल नम्बर स्पष्ट लेखि काउन्सिलको इमेल [email protected] मार्फत आवेदन गर्न सक्नेछन्। परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीहरुले ३५ दिन भित्र विशेषज्ञ दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन गर्नुपर्ने छ।
