काठमाडौं– कोभिड-१९ संकट व्यवस्थापन समन्वय समिति (सीसीएमसी) ले डान्सबार, दोहोरी साँझ लगायतका रात्रीकालिन व्यवसाय राति १० बजेसम्म खोल्न पाउने गरि सञ्चालन गर्न सिफारिस गरेको छ।
सिसीएमसीले फागुन १ देखि मात्रै ती व्यवसाय सञ्चालन गर्न पाउने गरी निर्णय गर्न सरकारलाई सिफारिस गरेको हो।
कोरोना संक्रमण बढेपछि बन्द भएका जीमखाना, सिनेमा हल, स्वीमिङ पुलजस्ता व्यवसाय फागुन १ गतेदेखि सञ्चालन गर्नका लागि सिफारिस गरिएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।
व्यवसाय सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्ने र सोको अनुगमन गर्ने व्यवस्था मिलाउन पनि सिफारिस गरिएको उनले बताइन्।