काठमाडौं- डा सोमराज लामिछानेले पाकिस्तानको युनिभर्सिटी अफ हेल्थ साइन्सेसबाट ‘बेस्ट ग्राजुएट गोल्डमेडल’ पाउने भएका छन्। उनले सन् २०१८ मा उक्त विश्वविद्यालयबाट एमएस न्युरोसर्जरी कोर्स पुरा गरेका थिए। न्युरोसर्जरीमा उक्त विश्वविद्यालयबाट उनी पहिलोपटक स्वर्णपदक प्राप्त गर्ने नेपाली हुनेछन्।
स्वर्णपदक र प्रमाणपत्र यही फेब्रुअरी २४ मा प्रदान गरिनेछ।
डा लामिछानेले काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस उत्तीर्ण गरेका थिए। हाल उनी लुम्बिनी मेडिकल कलेजमा अध्यापन गरिरहेका छन्।