काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वर्ष वैज्ञानिक अवार्ड प्राप्त गरेका छन्।
इन्टरनेशनल एचिभमेन्ट्स रिसर्च सेन्टरले डा धिमाललाई मेडिकल एण्ड हेल्थ साइन्स, हेल्थ साइन्स र पब्लिक एण्ड इन्भारोमेन्टल हेल्थ अवार्ड प्रदान गरेको हो।
सो अवार्ड घोषणा ३ फ्रेबुअरीमा भर्चुअल रुपमा भएको थियो। अवार्ड प्राप्त गर्दा नेपालको नाम राख्न सकेको भन्दै डा धिमालले खुसी व्यक्त गरे।
‘यो अवार्ड पाउदा खुसी लाग्यो, नेपालका कोही परेका थिएनन्, अहिले प¥यो यसले नेपालको नाम चिनायो,’ उनले भने, ‘नेपालमै बसेर पनि केही गर्न सकिन्छ, इन्टरनेशनली रिकुप्मेन्ट हुदो रहेछ भन्ने सन्देश गएको छ।’
यो अवार्डले नेपालमै अझैं धेरै रिसर्चहरु गर्न प्रेरित गरेको डा धिमालले बताए। डा धिमालको २०० भन्दा बढी रिसर्च तथा आर्टिकलहरु विभिन्न जनरलस्, ल्यानसेट तथा व्रिटिस मेडिकल जनरल लगायतमा प्रकाशित भएका छन्।