काठमाडौं- सरकारले गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा श्रीराम तिवारीलाई पठाउने निर्णय गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डा तिवारीलाई प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा पठाउने निर्णय गरेको हो।
डा तिवारी हाल क्षयरोग नियन्त्रण केन्द्रको निर्देशक हुन्। उनी केही समयअघि मात्र केन्द्रमा सरुवा भएर आएका थिए।
डा तिवारीले सरुवाका विषयमा आफूले सुनेको तर औपचारिक पत्र भने प्राप्त नगरेको जानकारी दिए।