काठमाडौं– नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएदेखि सोमबारसम्म तीन करोड ४० लाख ८४ हजार ८६८ मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म एक करोड ७८ लाख २६ हजार ५९४ जनाले पहिलो मात्रा तथा एक करोड ४६ लाख २८ हजार ५३३ जनाले पूर्णमात्रा खोप लगाएको मन्त्रालयको तथ्यांक छ। त्यस्तै, छ लाख २९ हजार ७४१ जनाले अतिरिक्त मात्रा लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।
हालसम्म १८ वर्षमाथिका जनसंख्याको एक करोड ७६ लाख तीन हजार १५३ र एक करोड ४४ लाख ९० हजार ९०२ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।
त्यसैगरी, १२ देखि १७ उमेर समूहका २७ लाख २९ हजार ५३४ जनाले एक मात्रा र ३२ प्रतिशत अर्थात १० लाख ९७ हजार ३५८ जनाले पूर्णमात्रा खोप लगाएको मन्त्रालयको तथ्यांमा उल्लेख छ।