बाँके- बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कैलालीको टिकापुर नगरपालिका–८ की ६८ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो।
दुवै डोज कोरोनाविरुद्धको खोप लगाएकी ती महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो।