काठमाडौं- सरकारले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना (२०२१-२०२५) स्वीकृत गरेको छ।
साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेकाे हो। मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन्।