काठमाडौं- काठमाडौं उपत्यकामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा काठमाडौंका ३३८,ललितपुरका ७० र भक्तपुरका ४३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
यस्तै, देशभर पछिल्लो २४ घन्टामा थप १९ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पछिल्लो २४ घन्टाको कोभिड १९ विवरण सार्वजनिक गर्ने क्रममा यसको पुष्टि गरेको हो। यस्तै सोही अवधिमा कोरोनाबाट ११ जनाले ज्यान गुमाएका छन्।