काठमाडौँ– नयाँ बानेश्वरमा अवस्थित एभरेष्ट अस्पतालले एउटै छाना मुनि विभिन्न सेवा दिँदै आएको छ। अस्पतालले करिब दुई वर्षदेखि ग्याष्ट्रो लिभर फाउण्डेसन सञ्चालनमा ल्याएर निरन्तर सेवा दिँदै आएको छ।
फाउण्डेसनका अध्यक्ष तथा पेट तथा कलेजो रोग विशेषज्ञ डा अखिलेश कुमार कश्यप रहेका छन भने अर्का विशेषज्ञ डा अबशेष भण्डारी पनि फाउन्डेशनमा कार्यरत छन।
डा कश्यपका अनुसार फाउण्डेसनले हाल ग्याष्ट्रोसँग सम्बन्धित इन्डोस्कोपी, कोलोनेस्कोपी, कब्जियत तथा पायल्स, पेट दुख्ने दिसामा रगत आउने जस्ता सम्पूर्ण रोगको उपचार गर्नुको साथै लिभरसँग सम्बन्धीत हेपटाइटिस ‘ए’ देखि ‘इ’सम्म, सिरोसिस, लिभर क्यान्सर, फ्याटी लिभरसँग सम्बन्धित सम्पूर्ण रोगको उपचार गरिन्छ।