वीरगञ्ज- वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट एक बालकको मृत्यु भएको छ। धोविनी गाउँपालिका–४ का १२ वर्षीय बालकको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो।
स्वास प्रश्वासमा सहयोगका लागि ट्युब र ब्याग सहित नारायणी अस्पतालमा भर्ना भएका बालकलाई भेन्टिलेटरमै राखिएको थियो।