काठमाडौं- काठमाडौं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको मुटुमा पनि समस्या देखिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार जोशीलाई किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो।
उनमा निमोनिया संक्रमण देखिएपछि त्यसको उपचार भइरहेको अस्पतालले जनाएको छ। कोरोना परीक्षण भने नेगेटिभ आएको अस्पतालले जनाएको छ। इकोकार्डियोग्राफीको रिपोर्ट अनुसार जोशीको मुटुमा समस्या देखिएकाले सो को उपचार भइरहेको अस्पतालले जनाएको छ।
छाती रोग विशेषज्ञ प्राडा मिलेश जंग सिजापतिको नेतृत्वमा मुटु रोग विशेषज्ञसहितको मेडिकल टोली जोशीको उपचारमा खटिरहेको अस्पतालले जनाएको छ।