काठमाडौं- काठमाडौं उपत्यकामा थप १०१७ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ८९०, ललितपुरमा १०२ र भक्तपुरमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ४ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन्।